कांग्रेसका राजन केसी काठमाडौं १० मा विजयी

प्रकाशित मिति: २३ मंसिर २०७४, शनिबार

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई २ हजार २ सय ८३ मतअन्तरले हराउँदै कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् ।

०७० को दोस्रो संविधानसभा चुनावमा पनि माओवादी अध्यक्ष प्रचण्डलाई सोही क्षेत्रमा पराजित गरेका केसीले २४ हजार १९० र शाक्यले २१ हजार ९०७ मत पाएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले र काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले यसअघि नै चुनाव जितिसकेका छन् । केसी काठमाडौंमा चुनाव जित्ने तेस्रो उम्मेदवार बनेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट