पाँचथरमा एक तिहाई मतगणना, नेम्वाङलाई ३६५० मतको अग्रता

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

पाँचथर, २२ मंसिर । पाँचथरमा प्रतिनिधिसभा तर्फ एक तिहाई भन्दा बढी मत गणना सम्पन्न भएको छ । पाँचथरमा ७७ हजार ६ सय ८२ मत खसेकोमा हालसम्म २९ हजार ५ सय १६ मतगणना सम्पन्न भएको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचथरमा बामगठबन्धनका बसन्तकुमार नेम्वाङले आफ्नो अग्रता झनै बढाउँदै लगेका छन् । नेम्वाङले १४ हजार ४ सय २५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १० हजार ७ सय ७५ मत प्राप्त गरेका छन् । हालसम्म नेम्वाङले ३ हजार ६ सय ५० मतले अग्रता हाँसिल गरेका छन् र उनको अग्रता क्रमश बढ्दो छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट