बझाङका तीनवटै क्षेत्रमा बाम गठबन्धनको विजयी

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

बझाङ, २२ मंसिर । गत मंसिर १० गते निर्वाचन भएको ७ नम्बर प्रदेशको हिमाली जिल्ला बझाङमा प्रतिनिधिसभा सदस्यको एक र प्रदेशसभाका दुई गरी तीनवटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार एमाले नेता भैरवहादुर सिंह विजयी भएका छन् ।

एमालेका सिंहले २८ हजार आठसय ८१ मत प्राप्त गर्दा कांग्रेसका पृथ्वीबहादुर सिंहले २३ हजार दुईसय २२ मत प्राप्त गरे । बझाङ ‘क’ मा एमालेका अर्जुनबहादुर थापाले १७ हजार आठसय ६८ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रादेवी जोशीले १३ हजार एकसय ९७ मत ल्याएकी छन् ।

त्यसै गरी बझाङ ‘ख’ मा माओवादी उम्मेदवार देवकी मल्ल १६ हजार चारसय ४३ मतसहित विजयी भएकी छन् । उनका प्रतिष्पर्धी कांग्रेसका नरेशबहादुर सिँहले १४ हजार दुईसय ४२ मत प्राप्त गरेका छन् । बझाङमा रहेका एक लाख चार हजार दुईसय ७५ मतदाता मध्ये ६६ हजार दुईसय ७३ मतदाताले मतदान गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट