प्रदेश नम्बर १ मा एमाले ७ र माओवादी केन्द्र ३ स्थानमा अगाडि, कांग्रेस पछिपछि

प्रकाशित मिति: २२ मंसिर २०७४, शुक्रबार

काठमाडौं, २२ मंसिर । अहिलेसम्मको मत परिणाम अनुसार प्रदेश नम्बर १ को प्रतिनिधिसभामा एमालेले ७ स्थानमा र माओवादी केन्द्रले ३ स्थानमा अग्रता लिएको छ । प्रदेश नंबर १ को सोलुखुम्बु, ओखलढुङ्गा, ताप्लेजुङ, संखुवासभा तेह्रथुम, पाँचथरलगायत जिल्लामा मतगणना भइरहेको छ ।

सोलुखुम्बुमा प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका हेमकुमार राईले ८ हजार ५ सय २० मत, कांग्रेसका बालबहादुर केसीले ५ हजार ४ सय ८५ मत पाप्त गरेका छन् । यस्तै ओखलढुङ्गामा एमालेका यज्ञराज सुनुवारले ३ हजार ८ सय २२ मत गरेका छन् भने उनका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रामहरी खतिवडाले २ हजार ४ सय ३६ मत पाप्त गरेका छन् ।

संखुवासभामा पनि एमालेका राजेन्द्र गौतमले ७ सय ४३ मत पाप्त गर्दा कांग्रेसका दीपक खड्काले ४ सय ७१ मत पाएका छन् भने ताप्लेजुङमा एमालेका योगश भट्टराईले अहिलेसम्म ८ हजार ५ सय ३ मत र उनका प्रतिद्वन्दी कांग्रेसका केशव दाहालले ५ हजार ५ सय ५० मत पाप्त गरेका छन् ।

यता भोजपुरमा भने लोकातान्त्रिक गठबन्धनबाट कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार उमेशजंग रायमाझीले ५ हजार ६ सय २४ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सुदन किरातीले ३ हजार ७ सय ५१ मत पाएका छन् ।

खोटाङमा पनि बाम गठबन्धनले अग्रता लिएको छ । खोटाङमा एमालेका उम्मेदवार विशाल भट्टलाईले ७ हजार ९ सय ७६ मत पाप्त गर्दा कांग्रेसकी सरस्वती बजिमयले ५ हजार १ सय ७५ मत प्राप्त गरेकी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट