शान्तिपूर्ण रुपमा सकियो निर्वाचन

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहीबार

काठमाडौं, २१ मंसिर । दोस्रो चरणको निर्वाचन अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका लागि ४५ जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदानको समय सकिएको छ । पहिलो चरण अन्तर्गत सरकारले हिमाली र पहाडी जिल्लाहरुमा चुनाव गरेकोमा दोस्रो चरणमा पहाडी र तराईका जिल्लामा चुनाव भएको हो ।

निर्वाचन आयोगले छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको जनाएको छ । मतदान गर्ने समय ५ बजेसम्म तोकिए पनि मतदान केन्द्रमा प्रवेश गरेकालाई मतदान गर्न दिइने आयोगले जानकारी दिएको छ ।

दिउँसो तीन बजेसम्म ५७ प्रतिशत मत खसेकोमा अहिलेसम्म करिब ६५ प्रतिशत हाराहारी मत खसेको अनुमान गरिएको छ । पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत बढी मत खसेको थियो । मतदान सकिएसँगै देशभर मतगणना सुरु गर्ने तयारी थालिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट