चिलिमे आयोजना पुनःसंचालनसँगै मतगणना कार्य सहज हुने

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहीबार

रसुवा, २१ मंसिर । बुधबार दिउँसो बन्द भएको २२ मेगावाट क्षमताको चिलिमे जल विद्युत् आयोजना आज पुनः संचालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार विद्यत् प्रसारण लाइनको टावरमा देखिएको समस्या समाधान भएपछि विद्युत् पुनःसंचालनसँगै मतगणना कार्य सहज हुने भएको छ ।

विद्युत् उत्पादन पुनः सुरु भएपछि आज साँझदेखि शुरु हुने मतगणना कार्य सहज हुने बताइएको छ । विद्युत् संचालनमा ल्याउन काठमाडौंबाट प्राविधिक मगाइएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट