४५ जिल्लामा दोस्रो चरणको निर्वाचनका लागि मतदान सुरु

प्रकाशित मिति: २१ मंसिर २०७४, बिहीबार

काठमाडौं, २१ मंसिर । आज ४५ जिल्लामा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्नेछ ।

४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशभसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा सात हजार ७ सय ५२ मतदानस्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न लागेका निर्वाचन आयोगले जनाएको छ । मतदाता नामावलीमा नाम भएको तर कुनै कारणले मतदाता परिचयपत्र नभएका मतदाताले पनि मतदान गर्न पाउने आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन गत मंसिर १० मा सम्पन्न भएको थियो भने करिब ६५ प्रतिशत खसेको थियो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६ सय ६३ र प्रदेशसभाका लागि दुई हजार ८ सय १९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । आयोगका अनुसार समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका १ सय १० र प्रदेशसभाका २ सय २० पदमा पाँच हजार ८ सय ३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट