सिन्धुलीका दुई मतदान केन्द्र महिला मैत्री

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

सिन्धुली, २० मंसिर । बिहिबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका दुई मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् ।

सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं.२ को कमलामाई नगरपालिका–४ स्थित कमला उच्च मावि मा रहेका (क) र (ख) मतदान केन्द्रमा निर्वाचन अधिकृतदेखि लिएर कर्मचारी, सुरक्षाकर्मी सबै महिला मात्रै रहेको प्रहरी नायब निरीक्षक जया बस्नेतले जानकारी दिइन् ।

नगरपालिका (क) केन्द्रमा मतदान अधिकृत जानकी कुँवर राठी र (ख) केन्द्रमा श्रेस्का श्रेष्ठसहितका महिला कर्मचारीले मतदान गराउँदैछन् । १२ सय ९७ मतदाता संख्या रहेको जिल्लाकै पहिलो महिला मैत्री मतदान केन्द्रमा प्रहरी नायब निरीक्षक जया बस्नेतको नेतृत्वमा ११ जना महिला प्रहरी खटिएका छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट