सर्वोच्चद्वारा खारेजी यादवको उम्मेदवारी सदर

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

काठमाडौं, २० मंसिर । आज सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फका सप्तरीबाट बाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी सदर गरेको छ । कूटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतबाट दोषी ठहर भएकाले उनको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेपछि निर्वाचन आयोगले यही मंसिर ११ गते उम्मेदवारी खारेज गरेको थियो ।

उनको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज यादवको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयलाई सदर गरेको हो ।

यादव सर्लाही निर्वाचन क्षेत्र नं.४ मा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार हुन् । सो उम्मेदवारी खारेजीका विरुद्ध अन्तरिम आदेश माग गर्दै यादवले यही मंसिर १२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । मंगलबार न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आयोगको निर्णयविरुद्ध यादवको मुद्दामा कारण देखाउ आदेश जारी गरी छलफलका लागि आजलाई बोलाएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट