त्रिवि र अमेरिकाको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदानमा सम्झौता

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

काठमाडौं, २० मंसिर । नेपाल र अमेरिकाको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने सम्झौता भएको छ । त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने सम्झौता भएको हो ।

बिहीबार दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बर ९ तारिखमा हुने मिसौरी विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रमुख अतिथिका रुपमा भाग लिन उपकुलपति डा.तीर्थ खनियाँ जाने भएका छन् । त्रिवि सूचना शाखाका अनुसार भ्रमणमा उपकुलपति खनियाँले त्रिविले हालै अवलम्बन गरेको क्रेडिट ट्रान्सफरका सन्दर्भमा अमेरिकी विद्यार्थीले नेपालमा आएर र नेपाली विद्यार्थीले अमेरिकामा गएर आफनो शैक्षिक उपाधि हासिल गर्न सक्ने व्यवस्थाको समेत औपचारिक कार्यान्वयनको प्रारम्भ गर्ने छन् ।

त्यस्तै, दीक्षान्त समारोहमा त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा.ऋदिशकुमार पोखरेल र व्यवस्थापन संकायका डिन प्रा.डा.डिल्लीराज शर्माले पनि भाग लिने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट