झापाका पाँच मतदान केन्द्रका कर्मचारी महिला मात्रै

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

झापा, २० मंसिर । भोली हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा महिला मात्रै कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं.२, ३ र ५ मा रहेका मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहयोगी कर्मचारी तथा निर्वाचन क्षेत्र नंं.२ को बिर्तामोड नगरपालिकामा रहेका दुई मतदान केन्द्रमा सबै कर्मचारी महिला मात्रै रहेका छन् ।

नगरपालिका(क) केन्द्रमा मतदान अधिकृत नमूना निरौला दाहाल र (ख) केन्द्रमा सुनिता आचार्यसहितका महिला कर्मचारीले मतदान गराउँदैछन् । प्रमुख निर्वाचन अधिकृत खिलाराज रेग्मीका अनुसार निर्वाचन क्षेत्र नं.३ मा रहेको मेची रंगशालाको (क) र (ख) केन्द्रमा पनि महिला कर्मचारीले मतदान गराउँदैछन्, (क) केन्द्रमा मतदान अधिकृत गीताकुमार राई र (ख) केन्द्रमा अम्बिका श्रेष्ठ मतदान अधिकृत तोकिएको छ । क्षेत्र नं.५ को दमक नगरपालिका केन्द्रमा भने जमुना कार्कीको टोलीले मतदान गराउँदैछ ।

झापामा पाँच हजार पाँचसय ३६ कर्मचारी र दुई हजार ६४ स्वयंसेवक गरी सात हजार छसय कर्मचारी निर्वाचनका लागि खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट