विश्व च्याम्पियनसिपमा नेपाली मुवांथाइ टिमले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति: २० मंसिर २०७४, बुधबार

राजेश थापा मगर
काठमाडौं, २० मंसिर । प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमा नेपाली मुवांथाइ टिमले सहभागिता जनाउने भएको छ । नेपालको तर्फबाट पुरुष ५५ केजीमा राहुल थोकर लामा र ७१ केजीमा सलोम सादा लेप्चा जैसीले प्रतिस्पर्धा गर्नेछन् ।

राहुल गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवांथाइ च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । त्यस्तै महिलाको ६७ केजीमा अनिशा खड्काले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४औँ विश्व मुवाँथाईं च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

नेपाली टिमको प्रशिक्षकमा नेपाल राष्ट्रिय मुवांथाई संघका अध्यक्ष समेत रहेका गणेशलाल कक्षपति तथा व्यवस्थापकमा संघका उपाध्यक्ष उमेशकुमार खड्का रहेका छन् । डिसेम्बर ७ देखि १० तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुनबहादुर केसीले मंगलबार एक कार्यक्रमबीच बिदाई गरे । नेपाली टिम बिहीबार त्यसतर्फ प्रस्थान गर्दैछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट