कञ्चनपुरको उखु बारीमा आठ फिट लामो अजिंगर फेला

प्रकाशित मिति: १९ मंसिर २०७४, मंगलवार

बेलौरी, १९ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं-७ पौलाहास्थित उखु बारीमा स्थानीय किसानले उखु काट्दै गर्दा करिब आठ फिट लामो अजिंगर फेला पारेका छन् ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको सो क्षेत्रमा बेला बेला विभिन्न लोपोन्मुख जंगली जनावर भेटिने गरेका छन् । केही दिन अघि पनि सोही स्थानमा अजिंगर भेटिएको वन समितिका अध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।

पौलाहास्थित उखु बारीमा फेला परेको सो अजिंगरलाई स्थानीयले छोपेर सिंहपाल सामुदायिक वन उपभोक्ता समितिलाई बुझाएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट