एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ४६ प्रतिशत उत्तीर्ण

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । गत मंसिर १६ गते चिकित्सा शास्त्र अध्ययन(आइओएम)ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

सोमबार आइओएमले सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी ७ हजार ३ सय ९८ जनामध्ये ३ हजार ३ सय ३१ जना उत्तीर्ण भएका छन् ।

परीक्षा समिति संयोजक एवम् सहायक डिन प्रा डा राजेन्द्र गुरागाँईका अनुसार २०१ जना विदेशी विद्यार्थीले दिएको प्रवेश परीक्षामा ३३ जनामात्रै पास भएका छन् भने प्रवेश परीक्षामा सामेल हुन फारम भरेका १ हजार ६ सय ७२ जना परीक्षामा सहभागी भएका छैनन् ।

गत असोज २८ गते भएको प्रवेश परीक्षामा ‘इलेक्ट्रोनिक्स् डिभाइस’बाट चिट चोरी गरेको प्रमाणित भएपछि प्रवेश परीक्षा रद्द भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट