बमको छर्रा लागेका गगन थापाको अवस्था सामान्य, दुई जना गम्भीर घाइते

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । युवा नेता एवम् काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरेर बुढानिलकण्ठ नगरपालिका चपलीको माटो कोलनीमा गरिएको बम विस्फोटमा थापासहित १० जना घाइते भएका छन् ।

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएका थापाको टाउको र पिठ्युमा सामान्य चोट लागेकोे र एक्सरेलगायतका थप परिक्षण भइरहेको अस्पतालले जनाएको छ ।

नेपाल प्रहरी काठमाडौं परिसर प्रमुख एसएसपी राजेन्द्र धानुकले काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उम्मेदवार गगन थापालाई बमको छर्रा लागेको जानकारी दिएका छन् । घाइते १० जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य नै रहेको छ ।

यो पनि पढ्नुहोस् :
बमको छर्राद्वारा गगन थापा घाइते, शिक्षण अस्पताल भर्ना


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट