एजेन्सी
ह्यूस्टन । अमेरिकामा रहेको एक विद्यालयमा डाउन सिन्ड्रोम रोगबाट ग्रस्त ६ वर्षीय बालकले कक्षा कोठामा बारम्बार ‘अल्लाह’ र ‘बूम’ शब्द भनेको कारण शिक्षकले बालकलाई आतंकवादी भन्दै प्रहरी बोलाएको छ ।
मोहम्मद सुलेमान नाम गरेको उक्त बालकका पिताका अनुसार उनी डाउन सिन्ड्रोम नामक बिरामीसँगै जन्मिएका थिए । मोहम्मद मानसिक समस्याको शिकार बनेका छन् जसका कारण उनी कोहीसँग पनि बोल्ने गर्दैनन् ।
तर, विद्यालयका शिक्षकले भने मोहम्मद बोल्न सक्ने हुनुका साथै आतंकवादी समेत भएको दाबी गरेका छन् । आफ्नो ६ वर्षीय शिशुलाई आतंकवादी भनिएकोमा मोहम्मदका पिताले आपत्तीसमेत जनाएका छन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको बताएको छ ।