बमको छर्राद्वारा गगन थापा घाइते, शिक्षण अस्पताल भर्ना

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । काठमाडौं क्षेत्र नं.४ का उम्मेदवार गगन थापामाथि बम प्रहार भएको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकाको चपलीको माटो कोलनीमा कांग्रेसका युवा नेता थापालाई बमको छर्रा लागेको हो ।

चुनावी कार्यक्रममा गएका बेला बमको छर्रा लागेर घाइते भएका थापालाई उपचारका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको छ । बुढानीलकण्ठको चपली हाइट नजिकै बस्तीमा सोमबार बिहान भइरहेको घरदैलो कार्यक्रममा विस्फोट भएको प्रहरीले जनाएको छ । बम आक्रमणमा परी केही कार्यकर्ता गम्भीर घाइते भएको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट