नेसनल माइक्रोफाइनान्सको बोनसपछिको शेयर दुई हजारबढी

प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार

काठमाडौं, १८ मंसिर । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको २० प्रतिशत बोनस समायोजनपछि शेयर मूल्य दुई हजार छ सय २१ रुपैयाँ तोकेको छ ।

जसका लागि आधार मूल्य एक हजार तीन सय ६० रुपैयाँ लिइएको थियो । अघिल्लो वर्षको चौथो त्रैमासमा खुद मु्नाफामा सात करोड २१ लाख रुपैयाँ कमाएको कम्पनीले आव २०७३/०७४ को मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट