गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं, १७ मंसिर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । सीआईबीले बस्नेतलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको बताइएको छ ।

गौचनको हत्याका मुख्य योजनाकार बस्नेतले डाँफे कन्ट्रक्सनको सेयर नपाएपछि गौचनको हत्या गरेको बयान दिएका छन् । सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले पत्रकार सम्मेलनमार्फत कमिशनमा कुरा नमिलेपछि गौचनको हत्या भएको बताएका छन् । ‘लेनदेनको विषयलाई लियर घटना भएको देखियो’ पत्रकार सम्मेलनमा कार्कीले बताए । उनका अनुसार हुलाकी मार्ग निर्माण ठेक्कामा बस्नेतले दुई प्रतिशत कमिसन मागेका थिए ।

गौचनले संचालन गर्दै आएको डाँफे कन्ट्रक्सनमा सेयर दिने भनी गजुरमुखी कन्ट्रक्सनकका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ (घैंटे) मार्फत दुई करोड ५० लाख लिएको भन्ने खुलेको प्रहरीले जनाएको छ । घैंटेको केही वर्ष अघि प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ । उक्त रकममध्ये समीरमान सिंह बस्नेतको एक करोड भएको दाबी गरिएको र कुमार श्रेष्ठको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्ट्रक्सनमा सेयर वा रकम फिर्ता गर्न भनि समीरमान बस्नेतले पटक पटक माग गर्दा समेत फिर्ता नगरेपछि विवाद उत्कर्षमा पुगेको बयानमा भनेको प्रहरीले जनाएको छ ।

गौचनको गत असोज २३ मा राजधानीको शान्तिनगरस्थित खरिबोट नजिक गोली हानी हत्या भएको थियो । हत्यामा संलग्न सुटरसहित ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट