आर्यन र रायनालाई ‘हेम्स सब जुनियर लन टेनिस’मा स्वर्ण

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

राजेश थापा मगर
काठमाडौं, १७ मंसिर । आर्यन गिरी र रायना शाहले हेम्स सब जुनियर लन टेनिस च्याम्पियनसिपको यू-१२ सिंगल्समा स्वर्ण जितेका छन् । शनिबार भएको फाईनलमा आर्यनले आरभ सम्राट हाडालाई ६-४ र ७-५ तथा रायनाले ईशाश्री शाहलाई ६-४ र ६-१ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।

त्यस्तै यू-१९ ब्वाइज सिंगल्समा आरभले प्रणव मानन्धरलाई ४-० र ४-२ पराजित गर्दै स्वर्ण जिते । सोही प्रतिस्पर्धाको गल्र्समा रोशनी लिम्बुले इभा अधिकारीबाट वाकओभर पाएसँगै स्वर्ण जितिन् । विजेतालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक हेम्स टेनिस एकेडेमीका संस्थापक हेम लामाले पुरस्कार वितरण गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट