माछापुच्छ्रे बैंकको चुक्ता पूँजी आठ अर्ब नाघ्यो

प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

काठमाडौं, १७ मंसिर । माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको नौ प्रतिशत बोनस शेयर तथा छ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको १८औँ बार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गर्नुको साथै अब बैंकको चुक्ता पूँजी आठ अर्ब पाँच करोड पुगेको छ ।

साधारणसभाले आगामी तीन वर्षको लागि जेपी राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय गरेको छ । बैंकले नयाँबजार पोखरामा एटिएम काउण्टर विस्तार सँगै अहिले बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा छन् । बैंकले आर्थिक वर्ष २०७४/७५ को पहिलो तीन महिनामा २८ करोड नौ लाख खुद मुनाफा आर्जन गरेको छ भने ६० अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको देशभरी ६२ वटा शाखाहरु तथा चार वटा एक्स्टेन्सन काउन्टरहरु र सात शाखारहित बैकिङ्ग सेवा संचालनमा रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट