विश्वकप फुटबलको खेल तालिका सार्वजनिक

प्रकाशित मिति: १६ मंसिर २०७४, शनिबार

राजेश थापामगर
काठमाडौं, १६ मंसिर । युरोपियिन च्याम्पियन पोर्चुगल र २०१० को विश्वकप विजेता स्पेन रसियामा आयोजना हुने २०१८ विश्वकप फुटबलको एउटै समूहमा परेका छन् । शुक्रबार राति मस्कोमा भएको विश्वकप फुटबल समूह विभाजन र खेल तालिका सार्वजनिक कार्यक्रममा पोर्चुगल र स्पेन एउटै समूहमा परेको हुन् ।

अन्य समूहभन्दा कठिन देखिएका समूह बी मा रहेका यी टिममा अफ्रिकाबाट समूह विजेता भएको मोरोक्को र एसिया क्वालिफाईङमा अपराजित रहेको इरान रहेका छन् । पोर्चुगल र स्पेन बिचको खेल अगामी जून १५ मा हुनेछ । साविकको विजेता जर्मनी भने समूह एफमा स्वीडेन, मेक्सिको र दक्षिण कोरियासँग रहेको छ । त्यस्तै पाँच पटकको विजेता ब्राजिल भने समूह इ मा स्वीजरल्याण्ड, कोष्टारिका र सर्वियासँग रहेको छ ।

अर्जेन्टिना भने समूह डी मा आईसल्याण्ड, क्रोसिया र नाईजेरियासँगै रहेको छ । आयोजक रसिया भने समूह ए मा साउदी अरेयिबा, इजिप्ट र उरुग्वेसँग रहेको छ । उद्घाटन खेलमा आगामी जून १४ तारिखमा आयोजक रसियाले साउदी अरेयिबासँग मस्कोमा प्रतिस्पर्धा गर्नेछ ।

समूह ए : रसिया, साउदी अरेयिबा, इजिप्ट, उरुग्वे
समूह बी : पोर्चुगल, मोरोक्को, स्पेन, इरान
समूह सी : फ्रान्स, अष्ट्रेलिया, पेरु, डेनमार्क
समूह डी : अर्जेन्टिना, आइसल्याण्ड, क्रोसिया, नाइजेरिया
समूह इ : ब्राजिल, स्वीजरल्याण्ड, कोष्टारिका, सर्विया
समूह एफ :जर्मनी, स्वीडेन, मेक्सिको, दक्षिण कोरिया
समूह जी : बेल्जियम, पानामा, ट्युनेसिया, ईंग्ल्याण्ड
समूह एच : पोल्याण्ड, सेनेगल, कोलोम्बिया, जापान


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट