बाराका एकसय २१ मतदानस्थलमा शान्तिसुरक्षा कडा

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

बारा, १५ मंसिर । जिल्लामा यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका अनुसार जिल्लाको कूल तीन लाख ४९ हजार नौसय ४७ मतदाताका लागि तीनसय तीन मतदानस्थल र चारसय ७५ मतदान केन्द्रको व्यवस्था गरिएकामा ९७ मतदानस्थल संवेदनशील र एकसय २१ मतदानस्थल अति संवेदनशील रहेकाले उक्त मतदानस्थलमा शान्तिसुरक्षा कडा पारिएको छ ।

निर्वाचन क्षेत्र नं.१ मा कूल ९६ हजार एकसय ४६ मतदाताका लागि ८४ मतदानस्थलको व्यवस्था गरिएकामा १२ मतदानस्थल संवेदनशील र ४६ मतदानस्थल अति संवेदनशील रहेको छ । निर्वाचन क्षेत्र नं.२ मा कूल ८३ हजार पाँचसय २४ मतदाताका लागि ८२ मतदानस्थलको व्यवस्था गरिएकामा ३१ मतदानस्थल संवेदनशील र ३७ मतदानस्थल अति संवेदनशील रहेको छ ।

यसैगरी निर्वाचन क्षेत्र नंं.३ मा कूल ८४ हजार छसय ६९ मतदानका लागि ७६ मतदानस्थलको व्यवस्था गरिएकामा २९ मतदानस्थल संवेदनशील र ११ मतदानस्थल अति संवेदनशील रहेका छन् र निर्वाचन क्षेत्र नं.४ मा ८५ हजार छसय आठ मतदाताका लागि ६१ मतदानस्थल व्यवस्था गरिएकामा २५ मतदानस्थल संवेदनशील र ६१ मतदानस्थल अति संवेदनशील रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट