क्षेत्र नम्बर ४ मा मेरो जित सुनिश्चित छ : राजन भट्टराई

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

काठमाडौं, १५ मंसिर । प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको काठमाडौं डेक्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभाका लागि बामगठबन्धनका काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार डा. राजन भट्टराईले कांग्रेसका गगन थापालाई आफूले सहजै जित्ने दाबी गरेका छन् ।

स्थानीय तहदेखि राष्ट्रिय तहसम्मका समस्याको समाधानका लागि आफूहरूले जनतासमक्ष मत मागिरहेको बताउँदै भट्टराईले निर्वाचनले स्थिर सरकार, सुशासन र समृद्धि दिने जनाए । अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले ‘हामीसँग समृद्धि र विकासको खाका छ, म अहिले यति उति भन्दिनँ तर प्रतिस्पर्धीलाई सहजै जित्छु ।’ भन्दै आफ्नो जीत हुने दाबी गरे ।

भट्टराईले विगतमा लोकतन्त्रको कुरा अघि बढे पनि विकासका मुद्वा ओझेलमा परेको बताउँदै लोकतन्त्र र विकास सँगसँगै अघि बढ्ने भन्दै अबको मुद्वा आर्थिक विकास भएको र निर्वाचनपछि बन्ने सरकारले स्थायित्व, सुशासन र विकास निर्माणमा केन्द्रित हुने बताए ।

जनताको दैनिकी बदल्न अब बन्ने नेतृत्वले ध्यान दिने बताउँदै उनले क्षेत्र नम्बर ४ मा आफ्नो जित सुनिश्चित भएको र सुविधाजनक ढङ्गले जित्ने दाबी गरे । कांग्रेसले २०१५, २०४८ र २०५६ मा बहुमत ल्याएपनि आफ्नै कलहले सरकार ढलेको र विकास निर्माण गर्न नसकेको डा भट्टराईको भनाई थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट