विश्व कुरांसमा भगवती

प्रकाशित मिति: १५ मंसिर २०७४, शुक्रबार

राजेश थापा मगर
काठमाडौं, १५ मंसिर । सिनियर विश्व कुरांस च्याम्पियनसिपमा भगवती माझीले प्रतिस्पर्धा गर्ने भएकी छन् । डिसेम्बर १ देखि ४ तारिखसम्म टर्कीको इस्तानबुलमा हुने प्रतियोगितामा सहभागी हुने बिहिबार भगवती त्यसतर्फ गएकी छन् ।

भगवतीले महिला ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् । भगवती सँगै कुरांस संघकी उपाध्यक्ष प्रतिक्षा खरेल पनि टर्कीमा खेलको दौरन हुने अन्तर्राष्ट्रिय कुरांस महासंघको कांग्रेसमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् ।

खरेलले महासंघमा सदस्यमा उम्मदवारी दिने छिन् । खेलडी भगवती तथा पदाधिकारी प्रतिक्षालाई संघका अध्यक्ष दानबहादुर धिसिङले बिदाई गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट