युुवतीको शंकास्पद मृत्युु, गोप्य तरिकाले जलाइएको शव नियन्त्रणमा

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

रौतहट, १४ मंसिर । देवाही गोनाही नगरपालिका–७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतीया कुुमारीको शंकास्पद मृत्युु भएको छ । शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

शरीरको आधाभन्दा बढी भाग जलिसकेको युुवतीको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी गरुडाका प्रमुुख प्रहरी निरीक्षक गोविन्द थापाले जनाएका छन् । शव प्रहरीले नियन्त्रणमा लिएपछि घरपरिवारका सबै सदस्य घर छाडेर फरार छन् । युुवतीको मृत्युुको कारण हालसम्म खुुल्न नसकेको र शवको परीक्षण प्रतिवेदन आएपछि मात्र मृत्युुको कारण खुुल्ने प्रहरीले जनाएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट