उम्मेदवार कार्कीलाई एम्बुस थाप्ने योजनाकार पक्राउ

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

उदयपुर, १४ मंसिर । बुधबार बिहान उदयपुरगढी गाउँपालिका–६ स्थित दनुवारबेँसीमा उम्मेदवार नारायणबहादुर कार्कीलाई लक्षित गरी एम्बुस थाप्ने मुख्य योजनाकार बलबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका–७ शाही खोलाका मगरलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार अन्यको पनि पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको छ । बिहानको समयमा उदयपुर क्षेत्र नं.२ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरेर दनुवारबेँसीको जंगलमा एम्बुस थापेपछि कार्कीसहित सात जनाको टोली एम्बुसमा परेका थिए । बुधबार एम्बुसबाट सख्त घाइते कार्की र उनका स्वकीय सचिव मीरा कटुवालसहित छ जना सख्त घाइते भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट