कैलालीमा बाम गठबन्धनका उम्मेदवार थापाको जीपमा आगजनी

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

कैलाली, १४ मंसिर । अज्ञात समूहले कैलाली-२ ‘क’ बाट प्रदेशसभा सदस्यका लागि बाम गठबन्धनका साझा उम्मेदवार रतन थापाको निजी जीपमा आगजनी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले दिएको जानकारी अनुसार थापाको लम्की चुहा नगरपालिकास्थित घरपछाडि राखिएको बा१६च ६८९९ नम्बरको जीपमा आगजनी गरिएको हो ।

आगजनी गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । आगजनीबाट जीपको अगाडिको भाग जलेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट