स्वर्ण विजेता यानकुमारी स्वदेश फिर्ता

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

राजेश थापा मगर
काठमाडौं, १४ मंसिर । टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक विजेता यानकुमारी चौलागाईंसहितको तेक्वान्दो टोली स्वदेश फर्किएको छ ।

क्यानडामा मंसिर २ र ३ गते सञ्चालन भएको प्रतियोगितामा यानकुमारीले महिला ५७ केजीमुनि तौल समूहको फाइनलमा यानले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितेकी थिइन् । नेपालको तर्फबाट सहभागी ३ खेलाडी मध्ये यानकुमारीले मात्र पदक जितेकी हुन् ।

महिला ४९ केजीमुनि सहभागी भएकी रेजिना कार्की र ६२ केजीमुनि ज्ञानी चुनरा भने पहिलो चरणबाट नै बाहिरिएका थिए । स्वर्ण विजेता यानसहित बुधबार स्वदेश फर्र्किएका तेक्वान्दो टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य हेमन्त डांगी, पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुंवर र नेपाल आर्मीका तेक्वान्दो खेलाडीलगायतले स्वागत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट