सरकारले म्यादी प्रहरी चौधरीको परिवारलाई राहतस्वरुप रु १० लाख दिने

प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

काठमाडौं, १४ मंसिर । दाङको तुल्सीपुरमा सुरक्षामा खटिएका बेला मंगलबार बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई सरकारले राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बम विस्फोटनमा परी उपचारका क्रममा निधन भएका म्यादी प्रहरी चौधरीको परिवारलाई उक्त राहत दिने निर्णय गरेको हो ।

गृहसचिव मोहनकृष्ण सापकोटाका अनुसार बैठकले निर्वाचन र शान्ति सुरक्षामा असर पार्न भएका बम विस्फोटन तथा आपराधिक गतिविधिलाई निस्तेज गर्न कानुनबमोजिम कडा कारवाही गर्ने निर्णयसमेत गरेको छ । यसका साथै उक्त बैठकले त्यस्ता घटनामा परी घाइते भएका व्यक्तिको उपचार र सुरक्षाको समुचित व्यवस्था गर्ने निर्णय गरेको गृहसचिव सापकोटाले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट