नौ/नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्य हुने : अध्यक्ष प्रचण्ड

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

चितवन, १३ मंसिर । भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अराजकताको भूमरीबाट उठाउन र नौ/नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धन गरिएको बताएका छन् । उनले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न बाम गठबन्धन गरिएको बताएका हुन् ।

कार्यक्रममा प्रचण्डले बाम गठबन्धनबाट एमाले र माओवादीका नेता, कार्यकर्ता मात्र खुशी नभएर देशमा राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धि चाहने कांग्रेसभित्रका देशभक्त र लोकतन्त्रका पक्षधर शक्ति पनि खुशी भएको बताएका छन् । उनले कम्युनिष्ट सरकार आएपछि देश विकासले गति लिने जिकिर गरे । साथै, उक्त कार्यक्रममा विभिन्न दल छाडेर माओवादी केन्द्रमा आएका कार्यकर्तालाई स्वागत गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट