आगलागीबाट दुग्ध उद्योगमा करोडौंको क्षति

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

इलाम, १३ मंसिर । दुग्ध उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बिहान ५ः३० बजे सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको धनमालको क्षति भएको छ ।

प्रहरी सहायक निरीक्षक दिलीप कार्कीका अनुसार खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको हो । आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलका प्रयासमा दुई घण्टामा आगो नियन्त्रणमा आएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट