कांग्रेस उम्मेदवार नारायण कार्की बम विस्फोटमा परी गम्भीर घाइते

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

काठमाडौं, १३ मंसिर । उदयपुर क्षेत्र नं २ का कांग्रेस उम्मेदवार नारायण कार्की चढेको गाडीमा उदयपुरको माउबासी भन्ने ठाउँमा बम विस्फोट हुँदा कार्की गम्भीर घाइते भएका छन् ।

कांग्रेस उम्मेदवार कार्कीको हात, खुट्टा र मुखमा चोट लागेकाले उनको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिए । थप उपचारका लागि कार्कीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कार्कीसँगै गाडीमा सवार चालक राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल समेत घाइते भएका छन् । कार्की सवार गाडीलाई लक्षित गरी सकेट बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट