मुगुबाट नेपालगन्ज जाँदै गरेको जिप दुर्घटना, ३जनाको मृत्यु

प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार

कालिकोट, १३ मंसिर । मंगलबार राति मुगुबाट नेपालगन्ज जाँदै गरेको लु२च २००३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगुको भिई–७ का ४५ वर्षीय जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेका छन् ।

उक्त जिप कालिकोटको अस्पताल मोडमा दुर्घटना भएको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट