विराटनगरमा रातो कपडाले बेरिएर राखिएको शंकास्पद वस्तु फेला

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

विराटनगर, ११ मंसिर । सोमबार विराटनगर-४ मा रहेको हाम्रो अस्पताल छेउमा रातो कपडाले बेरिएर राखिएको शंकास्पद वस्तु फेला परेको छ ।

मुख्य सडकको दाहिनेतर्फको सडकपेटीमा शंकास्पद वस्तु देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोली आउनेक्रममा रहेकोले सो वस्तु बम भए नभएको भने पुष्टि हुन बाँकी छ ।

नेपाली सेनासहितको सुरक्षा टोलीले शंकास्पद वस्तु भेटिएको स्थान वरिपरि सुरक्षा दिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट