अब रोबोट बन्यो नेता,२०२० मा चुनाव लड्ने

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

मेलबर्न । वैज्ञानिकहरुले संसार कै पहिलो कृत्रिम बुद्धि भएको रोबोट राजनीतिज्ञ बनाएका छन्, जसले शिक्षा,आवास जस्ता स्थानीय मुद्दाहरुमा मानिसहरुले सोधेका प्रश्नको सजिलै उत्तर दिने गर्दछ ।

सैम एसएएम नाम राखिएको उक्त रोबोटलाई सन् २०२० मा न्यूजील्याण्डमा हुने निर्वाचनमा उम्मेदवार बनाउने तयारी पनि वैज्ञानिकहरुले गरेका छन् । न्यूजीलयाण्डका ४९ वर्षीय उद्योगी निक गेरिट्सनले सैमको निर्माण गरेका हुन् ।

अहिले कृत्रिम बुद्धि भएको रोबोट सैमले फेसबुक म्यासेन्जरबाट मानिसहरुलाई प्रतिउत्तर दिन सिकिरहेको छ । न्यूजील्याण्डमा वर्ष २०२० को अन्त्यमा आम चुनाव हुँदैछ । रोबोटका निर्माता गेरिट्सनका अनुसार त्यो बेलासम्म रोबोट सैमले पनि एक उम्मेदवारका रुपमा आफूलाई तयार पारी सक्ने छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट