निर्वाचन आचारसंहिता उल्लंघन गरे कारवाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त यादव

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

काठमाडौं, ११ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताएका छन् ।

उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मत परिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख छ ।

प्रमुख आयुक्त डा. यादवले आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र दोस्रो चरणको मतदान यही मंसिर २१ गते हुन लागेको सन्दर्भमा निर्वाचनलाई लिएर मत सर्वेक्षण गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने स्पष्ट पारेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत कसैले निर्वाचनलाई लिएर मत सर्वेक्षण गरेमा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापतको कारवाही हुने समेत आयुक्त डा. यादवले जानकारी दिएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट