१२ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार सदा जेल चलान

प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

गौशाला, ११ मंसिर । कर्तव्य ज्यान मुद्दामा १२ वर्षदेखि भारतमा गई लुकेर बस्दै आएका ६० वर्षीय अभियुक्तलाई आइतबार साँझ जेल चलान गरिएको छ ।

जिल्लाको भंगहा नगरपालिका- ९ बस्ने ६० वर्षीय रामेश्वर सदा मुसहरलाई विसं २०६२ असार १५ गते महोत्तरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकेकोमा उनी फरार रहँदै आएको थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार आइतबार पक्राउ गरिएका सदालाई सोही दिन प्रहरीले महोत्तरी जिल्ला अदालतमा पेश गर्दा अदालतले उनलाई कैद भुक्तानका लागि आइतबार साँझ जलेश्वर कारागारमा पठाएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले सदा घर आएको खबर पाएपछि उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट