सिन्धुपाल्चोकमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप

प्रकाशित मिति: १० मंसिर २०७४, आईतवार

सिन्धुपाल्चोक, १० मंसिर । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत पर्ने हेलम्बु गाउँपालिकास्थित देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।

उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि बाम गठबन्धनबाट एमालेका शेरबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले प्रतिस्पर्धा मा गरिरहेका छन् । कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट