राष्ट्रपति भण्डारीसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

काठमाडौं, ८ मंसिर । लोकसेवा आयोगले आफ्नो ५८औँ वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । नेपालको संविधानको धारा २ सय ९४ बमोजिम सो प्रतिवेदन पेश गरिएको हो ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष उमेश मैनालीले राष्ट्रपति भण्डारीसमक्ष आयोगको ५८औँ वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट