विप्लव निकट शिक्षक पक्राउ

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

पर्वत, ८ मंसिर । बिहीबार साँझ उत्तरी पर्वतको जलजला गाउँपालिकामा कार्यरत शिक्षकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । जलजला गाउँपालिका–३ माझफाँटस्थित जनजागृति प्राविका शिक्षक धनञ्जय मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको भन्दै प्रहरीको टोलीले गएराति घरबाटै पक्राउ गरेको हो ।

शिक्षक धनञ्जयका भाइ शंकरजय मल्लका अनुसार मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’ निकट शिक्षक संगठनमा आबद्ध भएको र आसन्न चुनावलाई असर पार्ने भन्दै गाउँबाट गिरफ्तार गरिएको बताइएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेका अनुसार आगामी निर्वाचनमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउन केही शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा मल्ललाई पक्राउ गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट