‘मह जोडी’ सिटिजन इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा

प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

काठमाडौं, ८ मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ नियुक्त गरेको छ । सम्झौतापत्रमा ‘मह जोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य र कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले देशभरी फैलिएका आफ्नो २५ वटा शाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले २०७४ साल कार्तिक २ गते लक्ष्मी पूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट