युनाईटेड हाइड्रोले पाँच करोडबढी नगद लाभांश दिने

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

काठमाडौं, ७ मंसिर । गत आर्थिक वर्षको मुनाफाबाट युनाईटेड मोदी हाइड्रो पावर कम्पनीले शेयरधनीलाई करिब पाँच करोड नगर लाभांश दिने भएको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले चुक्ता पूँजीको पाँच प्रतिशतले हुन आउने पाँच करोड ७५ लाख रुपैयाँ नगद लाभांश(करसहित) दिने भएको हो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १५ करोड रहेको छ । संचालक समितिले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट