कांग्रेसको आमसभा हुने स्थानमा सकेट बम

प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

दोलखा, ७ मंसिर । सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका–६ को वडाकार्यालयको गटेमा राखिएको सकेट बम आज नेपाली सेनाले निष्क्रिय पारेको छ । सकेट बम राखिएको स्थानमा कांग्रेसले आज आमसभाको आयोजना गरेको छ ।

उक्त आमसभालाई कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्ने कार्यक्रम छ । स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । नेपाली कांग्रेसको आमसभालाई लक्षित गरी राखिएको उक्त सकेट बम नेपाली सेनाको रणभीम गणको डिस्पोजल टोलीले निष्किृय पारेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट