नेपालमा सात वर्षपछि विशेषज्ञ चिकित्सकको सम्मेलन हुँदै

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

काठमाडौं, ६ मंसिर । नेपालमा सात वर्षपछि यही मंसिर ९ र १० गते काठमाडौंमा जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन हुने भएको छ । जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल (जिपान) को संयोजनमा हुने दुईदिने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशका करिब चार सय चिकित्सक सहभागी हुनेछन् ।

सो सम्मेलनमा सहभागी देशले विशेषगरी जनरल तथा इमरजेन्सी चिकित्सा क्षेत्रमा गरेका उपचार विधि तथा ज्ञानका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जिपानका अध्यक्ष प्रा.डा.भरत यादवले जानकारी दिए । जिपानका महासचिव एवं सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा.सञ्जीव तिवारीले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन चिकित्सकको भूमिका अहम् हुने जानकारी दिए ।

जनरल प्राक्टिस र इमरजेन्सी मेडिसिनमा स्नातकोत्तर गरेका चिकित्सकले सन् १९९० मा यो संस्था स्थापना गरेका थिए । त्रिविवि चिकित्सा अध्ययन संस्थान महाराजगञ्जले सन् १९८२ देखि पोस्ट ग्राजुएट तहमा एमडिजिपी विषयमा अध्यापन शुरु गरेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट