पार्टीको झण्डा ओडाएर पाख्रिनलाई श्रद्धाञ्जली दिए प्रचण्ड र ओलीले

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

चितवन, ६ मंसिर । चितवनमा एमाले र माओवादी केन्द्रको बामगठवन्धनले आयोजना गरेको चुनावी सभामा गीत गाउँदा गाउँदै ढलेर मृत्यु भएका जनगायक तथा पूर्वसांसद खुसीराम पाख्रिनको पार्थिव शरीरमा बामगठबन्धनका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाख्रिनको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए ।

पारिवारिक स्रोतका अनुसार आज केही बेर पार्टी कार्यालयमा पाख्रिनको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने र आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुहोस् :
प्रकाशको सम्झनामा गीत गाउँदै ढलेका पाख्रिनको निधन


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट