विकास तथा आधुनिकरणका लागि एडिबीद्वारा १५ अर्बबढी सहयोग

प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

काठमाडौं, ६ मंसिर । नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)ले १५ अर्ब रुपैयाँ भन्दा बढी रकम सहयोग गरेको छ । नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि मन्त्रिपरिषद्को आजको बैठकले एडिबीबाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब १५ अर्ब ५० करोड रुपैयाँ) रकम स्वीकार गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीबाट उक्त रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । त्यसैगरी कार्कीले दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि आजको बैठकले गरेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट