कांग्रेस नेता बिमलेन्द्र निधि अस्पताल भर्ना

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका कांग्रेस नेता बिमलेन्द्र निधि चुनावी अभियानकै क्रममा बिरामी परेका छन् । बिरामी भएका निधि सोमबारदेखि काठमाडौंस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।

अस्पताल भर्ना भएका निधिलाई पूर्व राष्ट्रपति डा. रामवरण यादव, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राजपाका संयोजक महन्थ ठाकुरले भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिनिधि सभाका लागि उम्मेदवार निधिले उम्मेदवार दिएकै धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका राजपा नेता राजेन्द्र महतोले स्वास्थ्य लाभको कामना गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट