विप्लवका कार्यकर्तामाथि सार्वजनिक मुद्दा दायर

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

कैलाली, ५ मंसिर । जिल्ला प्रहरी कार्यालय कैलालीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि सार्वजनिक मुद्दा दायर गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले आसन्न निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि जिल्ला इञ्चार्ज रामबहादुर चौधरीसहित पाँच जनालाई सार्वजनिक मुद्दा चलाएको जनाए ।

प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट मिनगिरी, तपेन्द्र रसाइली त्यस्तै कैलारी गाउँपालिकाको हसुलीया क्षेत्रबाट जिल्ला इञ्चार्ज रामबहादुर चौधरी, प्रकाश मल्ल र बझाङ जिल्ला कार्यसमितिका सदस्य देवराज कठायतलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट