गण्डकी बैंकले ४६ लाखबढी कित्ता शेयर निष्काशन गर्दै

प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

काठमाडौं, ५ मंसिर । गण्डकी विकास बैकले चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख नौ हजार आठ सय १५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

फेवासँग मर्जपछि बैंकको चुक्ता पूँजी एक अर्ब ८४ करोड ३९ लाख २६ हजार रुपैयाँ छ । हकप्रद शेयर निष्काशनपश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकलाई हकप्रद बिक्रीका लागि नियामक निकाय धितोपत्र बोर्डले अनुमति प्रदान गरिसकेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट